नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने पाँच वटा जिल्लाहरूमध्ये सुर्खेत एउटा जिल्ला हो । भेरी अञ्चलमा अवस्थित जिल्लाहरूमध्ये सुर्खेत जिल्लाको आफ्नै विशिष्ट पहिचान र आर्थिक, सामाजिक हैसियत रहेको छ । नेपालको मानचित्रमा यसको फैलावट २८ ” २०” देखि २८ ” ५८” उत्तरी अक्षांश र ८० ” ५९” देखि ८२ ” २” पूर्वी देशान्तरसम्म रहेको छ । समुद्र सतहबाट १९८ मी. (तातापानी) उचाइदेखि २,३६७ मी. (मटेला गुराँसे) उचाइसम्म यस जिल्लाको सतह रहेको छ । पूर्वबाट पश्चिमतर्फ साँघुरिएर फैलिएको सुर्खेत जिल्लाको कूल लम्बाइ ११० कि.मी. रहेको छ भने अधिकतम उत्तर–दक्षिणतर्फको चौडाइ ३० कि.मी. रहेको छ । जिल्लाको करिब १६ प्रतिशत भाग उपत्यकाभित्र र ८४ प्रतिशत भाग पहाडी क्षेत्रमा पर्दछ । यस जिल्लाको पूर्वमा सल्यान, पश्चिममा डोटी र अछाम, उत्तरमा जाजरकोट र दैलेख र दक्षिणमा बर्दिया र कैलाली जिल्लाहरू पर्दछन् । जिल्लाको कूल क्षेत्रफल २,४५१ वर्ग किलोमिटर अर्थात २,४९,०१६ हेक्टर रहेको छ । सुर्खेत जिल्लाको क्षेत्रफलले देशको कुल क्षेत्
थप हेर्नुहोस