जि. शि. अ.
जीत बहादुर शाह
"हामी सबैको इच्छा- अनिवार्य नि:शुल्क आधारभूत शिक्षा" भन्ने नाराका साथ शैक्षिक सत्र २०७४ बैशाख २ गते देखि िविद्यार्थी भर्ना, निरन्तरता र सिकाइ उपलब्धि सुधार कार्यक्रम (विद्यालय स्वागत कार्यक्रम) सञ्चालन भैरहेको छ । विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई सहज शैक्षिक पहुँच पुर्याई उनीहरुलाई निरन्तर विद्यालयमा टिकाइ राख्ने, बालमैत्री वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने र गुणस्तरीय शिक्षा प्रदान गरी बालबालिकाको भविष्य उज्वल गराउने दिशामा विभिन्न सहयोग गर्दै आइरहेको छ । कक्षा १-१० का सबै बालबालिकालाई नि:शुल्क पाठ्यपुस्तक, आधारभूत तहका सबै छात्राहरु र दलितहरुलाई छात्रवृत्ति, भौतिक पूर्वाधार विद्यालय भवन, कक्षाकोठा, फर्निचर, खानेपानी, शौचालय, पुस्तकालय, विज्ञान/कम्प्युटर प्रयोगशाला, सूचना प्रविधिका विविध उपकरणहरु, शिक्षक तालिमहरु, शिक्षक/कर्मचारीको आपूर्ति तथा अन्य धेरै क्षेत्रमा लगानी गरेको छ । यस्ता सरकारी लगानी मात्र नभई समुदायले पनि बालबालिकाको शिक्षामा धेरै लगानी गरेको छ । यी प्रयासहरुका बाबजुत पनि अझै पनि केही बालबालिकाहरु विद्यालयको पहुँचबाट बाहिर रहेको अवस्था विद्यमान रहेकोले ती बाँकी बालबालिकाहरुलाई विद्यालय भर्ना गरी/गराई उनीहरुको निरन्तरता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि हामी सबै सरोकारवालाहरु हातेमालो र सहकार्य गर्दै अघि बढ्नु जरुरी छ। अत: यस भर्ना अभियानको क्रममा प्रत्येक विद्यालयले तोकिएको मिति सम्म भर्ना गराउने र तत्कालै पाठ्यपुस्तक उपलब्ध गराउने तथा सरकारी र समुदाय स्तरबाट हुन सक्ने सेवा र सुविधा समेतका वारेमा उनीहरुलाई सुसूचित गराइ विद्यालय प्रति आकर्षित गर्ने गराउने दायित्व विशेषत: िविद्यालयहरुको रहेको छ । विद्यालयहरुले सबै बालबालिकाहरुका लागि पाठ्यपु्स्तक खरीद गरी भर्नाकै समयमा वितरण गर्ने तथा बैशाख ५ गतेलाई नि:शुल्क पाठ्यपुस्तक वितरण दिवसका रुपमा मनाउनका लागि हामी हार्दिक अनुरोध गर्दछौं । सुर्खेत जिल्ला मिति २०७२ जेठ २५ गते अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्लाको रुपमा घोषणा भएको र यहाँ ५-१२ वर्ष उमेर समूहका आधारभूत तहका ९८ प्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका छन् तथापी केही Hard core group का कठिन अवस्थाका बाँकी बालबालिकालाई पनि शिक्षाको मूल प्रवाहमा ल्याउनु हाम्रो दायित्व रहेको छ ।
अत: विद्यार्थी भर्नाको राष्ट्रिय शैक्षिक अभियानमा आ आफ्नो क्षेत्रबाट अमूल्य सहयोग पुर्याउनु हुन हामी सबै शिक्षाका सरोकारवाला महानुभावहरुशिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, स्थानीय निकाय, गैरसरकारी संघ संस्था, सञ्चारकर्मी तथा आम नागरिक समाजलाई हार्दिक आह्वान गर्दछौं ।
परिपत्र तथा सूचना
- प्र अ हरुसँग गरियको २३ बुँदे कार्यसम्पादा करार सम्झौता
- Public hearing of payment bill of deo surkhet
- भुक्तानीको वील सार्वजनीकरण गरेको वारे
- Nirdeshan of DOE Sanothimi Bhaktapur 2072-073
- शैक्षिक सुधार कार्ययोजना २०७२ को नमूना ढाँचा
- जिशका सुर्खेतको नयाँ संगठन चार्ट/संरचनाको ढाँचा र कार्यरत कर्मचारीहरुको शाखा/फाँटगत जिम्मेवारी विवरण २०७२-०७३
- एस एल सी परीक्षा २०७२ को समयतालिका
- Notice of District Level examination class 8, 2072 थप हेर्नुहोस
